अमूल्य आर्थिक सल्लाहः साथीहरुलाई बाँड्नुस्, प्रतिस्पर्धीहरुबाट जोगाउनुस्
THG Special: What is in store for the winter?
अबको हिउँदमा के हुन्छ?
हिउँदमा फर्केर हेर्दा ऊर्जाको अहिलेको बजार मुल्य असाध्य सस्तो लाग्नेछ । नेपालमा पेट्रोलको मुल्य सहजै ३०० कट्ने र ४०० सम्म पुग्न सक्नेछ । ग्याँसको मुल्य उसरी नै बढ्नेछ ।
माग र आपुर्तिले मुल्य निर्धारण गर्ने बजारको व्यवस्था अवरुद्ध हुने सम्भावना उच्च छ । त्यसो भएमा ऊर्जाको चरम् अभावसँगै कसले पेट्रोलियम ऊर्जा चलाउन पाउने र नपाउने भन्ने सरकारहरुले तोक्ने छन् ।
अहिलेको ‘पेट्रोल महंगो भयो’ भन्ने गुनासो ‘पेट्रोल पाइएन’मा बदलिनेछ । घरमा पेट्रोलियम साधन मात्र हुनेहरुका लागि आवागमन शुरुमा कठिन र पछि असम्भवप्रायः हुन सक्नेछ ।
विद्युतीय साधनहरुको हानालुछ र कालोबजारी व्यापक हुनेछ । चार पांग्रेमा अहिले भएको जस्तो अग्रिम बुकिंग दुई पांग्रेमा पनि लागू हुनेछ ।
युरोपका धेरै देशका उद्योगहरुको ग्याँस मान्छेको ज्यान जोगाउन घरहरुतिर डाइभर्ट भएसँगै औद्योगिक उत्पादनमा ठूलो ह्रास आउनेछ र सामानहरुको मुल्य आकाशिएर जानेछ । सिसाजस्ता पदार्थको उत्पादनमा ह्रास आएर खोप कार्यक्रमहरु समेत प्रभावित हुनेछन् ।
ऊर्जाको महंगीका कारण चीन लगायतका देशमा बन्ने सबै उपभोग्य सामाग्रीको मुल्य अझै आकाशिएर जानेछ ।
रासायनिक मल उत्पादनमा आएको ह्रासका कारण खाद्यान्नको महंगी अहिलेभन्दा चुलिएर जानेछ । मानिसहरुले सबै जसो आम्दानी खाद्यान्नमा खर्च गर्न परेकाले अरु वस्तु र सेवाहरुको खपतमा ह्रास आउनेछ । व्यवसायहरु धराशायी बन्नेछन् र बेरोजगारीले विश्वका सबै कुनाहरुलाई सताउनेछ ।
किन र कसरी?
भोलि बिहान ८ बजे क्लबहाउसमा द स्पिकर्स क्लबको न्युजगफ कार्यक्रम र सम्भवतः सेतोपाटीमा आउने विस्तृत आलेखमा यस विषयमा चर्चा गर्नेछु ।